३० कार्तिक २०८३, सोमबार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ,१७ फागुन । काभ्रे, पाचँखाल नगरपालिका–४ लामीडाँडामा बा.५ ख ३४९४ नम्बरको टिपरले बा.८५ प ९०१७ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २० वर्षीय गौतम तामाङको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बारा, परवानिपुर गाउँपालिका–४ चैनपुरमा बा.१८ च ६४१९ नम्बरको कारको ठक्करबाट हाल नाम, थर, वतन खुल्न नसकेकी करिब ६५ वर्षीया महिलाको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।