
काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ललितपुरको च्यासलस्थित ‘च्यासल रंगसाला’ आज उद्घाटन गरेका छन् ।
दशरथ रंगशालाको विकल्पको रुपमा तयार पारिएको च्यासल रंगशालाको आज मंगलबार प्रधानमन्त्री दाहालले फुटबल खेल्दै उद्घाटन गरेका हुन् ।
ललितपुर महाननगरपालिका–९ स्थित बागमती किनारको करिव ४९ रोपनी क्षेत्रफलमा फैलिएको यो रंगशाला सन् २००५ मा एन्फा टेक्निकल सेन्टरका रुपमा स्थापना भएको थियो ।
च्यासल रङ्गशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ । रङ्गशाला १० हजार दर्शक क्षमताको रहेको छ ।
२०७४ मा स्तरोन्नतीसहित पुनर्निर्माण थालिएको थियो । अब १९ फागुनदेखि सुरु हुने ‘ए’ डिभिजन लिगका खेलहरु यहाँ खेलाउने अखिल नेपाल फुटबल संघ (एन्फा)को तयारी छ ।

















प्रतिक्रिया