
काठमाडौं, १६ फागुन । उपसभामुख इन्दिरा रानाले आफ्नो पाँच वर्षे कार्यकालमा निडर भएर आम जनताको आवाजलाई प्राथमिकता दिने बताएकी छिन् ।
मंगलबार ‘लस्ट लेटर’ पुस्तक विमोचन कार्यक्रममा उनले आफू सभामुख र मन्त्री हुन्छु भनेर होइन् सडकको कुरा सदनमा ल्याउँछु भनेर राजनीतिमा लागेको बताउँदै पदीय जिम्मेवारीलाई निडर भएर निर्वाह गर्ने बताएकी हुन् ।
‘म उपसभामुख र मन्त्री केही हुन्छु भनेर आएको होइन म सडकको कुरा सदनमा ल्याउन सक्छु कि भनेर मात्र आएकी थिएँ,’ रानाले भनिन्, ‘सबैले मन पराएर म उपसभामुख भएको छु मैले मेरो कार्यकालमा निडर भएर आम नेपाली जनताको आवाज सुन्ने काम गर्छु ।’
उनले बालबालिका र पीडित ज्येष्ठ नागरिकहरूका लागि देशले कुनै पनि राम्रो कानुन नबनाएको र सामाजिक संरक्षणको कुनै पनि कार्य नभएको कारण आफू राजनीतिमा आउन आवश्यक ठानेको बताइन् ।















प्रतिक्रिया