
काठमाडौं, १६ फागुन । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पछिल्लो पुस्ताले वास्तविक माया–ममता गुमाउँदै गएको बताएकी छिन् ।
आज काठमाडौंमा आयोजित ‘लस्ट लेटर’ पुस्तक विमोचन कार्यक्रममा उनले माया–ममता गुमाउँदै गएको यो पिढीका मानिसका लागि ‘लस्ट लेटर’ पुस्तक सुहाउँदो भएको टिप्पणी गरेकी हुन् ।
‘यो पुस्तकमा सम्बन्ध, माया, प्रेमको बारेमा लेखिएको छ र यो कुरा हामीले पनि गुमाइरहेको अवस्था छ । अब यो किताबले फेरि जोड्ने छ भन्ने आशा लिएकीे छु,’ उपप्रमुख डंगोलले भनिन् ।
माया, प्रेम, सम्बन्धको बारेमा रहेको पुस्तकले सबैको मर्मलाई समेटेको उनको भनाइ छ ।















प्रतिक्रिया