१ कार्तिक २०८३, शनिबार

प्रचण्ड दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्णवादमा पुगे, यात्रा पतनोन्मुख छ: शंकर पोखरेल

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । नेकपा एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री एपम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री प्रचण्डको यात्रा पतनोन्मुख रहेको बताएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा व्यक्त गर्दै प्रचण्ड दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्णवादमा पुगिसकेकाले अब उनको यात्रा पतन उन्मुख भएको टिप्पणी गरेका हुन् ।

‘उग्रवामपन्थी अतिवादको पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दैछ प्रचण्डको पतनोन्मुख यात्रा,’ महासचिव पोखरेलले फेसबुकमा लेखेका छन् ।