१ कार्तिक २०८३, शनिबार

कहिले हुन्छ मन्त्रिपरिषद् विस्तार ? यस्तो छ प्रधानमन्त्री प्रचण्डको तयारी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडों, १६ फागुन । १६ वटा मन्त्रालयको भार आफू एक्लैले बोकिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रिपरिषद् विस्तार नगर्ने भएका छन् ।

उनले यही फागुन २६ गते हुने राष्ट्रपति निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता रेखा शर्माले दिएको जानकारी अनुसार प्रधानमन्त्री प्रचण्ड तत्काल मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छैनन् ।

‘राष्ट्रपति चुनाव नजिक आइरहेको अवस्थामा उहाँले मन्त्रिपरिषद् विस्तारबारे केही योजना बनाउनुभएको छैन,’ प्रवक्ता शर्माले भनिन्, ‘उक्त चुनाव सम्पन्न भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गरिने छ ।’

शर्माका अनुसार प्रचण्डले विश्वासको मत पनि राष्ट्रपति चूनावपछि मात्रै लिने भएका छन् ।