
चितवन, १६ फागुन । नारायणी नदीमा हाम फालेका मनिष महतोको सकुशल उद्वार गरिएको छ ।
भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट सोमबार बेलुका नारायणी नदिमा हाम फालेका ती पुरुषको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्दार गरेको हो ।
खैरहनी नगरपालिका–९ बस्ने २० वर्षीय मनिष महतो उक्त नदिमा हाम फालेका थिए । घटनाबारे जानकारी पाएलगत्तै नारायणी किनारमा गोताखोरसहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल इमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थल भन्दा करिब १ किलोमिटर तल नदीको बीचबाट जिवितै उद्धार गरेको हो ।
उद्दारपश्चात उनलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ ।















प्रतिक्रिया