२ कार्तिक २०८३, सोमबार

सरकारले जिम्मेवारी पूरा नगर्दा शिक्षा क्षेत्र भद्रगोल भयो: सिके राउत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सरकारमा रहेका जनप्रतिनिधिले जिम्मेवारी पूरा नगर्दा शिक्षा क्षेत्र भद्रगोल भएको टिप्प्णी गरेका छन् ।

जनमत निटक विद्यार्थी संगठन विद्यार्थी जनमत संघको केन्द्रीय समिति बैठक तथा प्रशिक्षणमा बोल्दै उनले शिक्षामा गुणात्मक सुधार जरुरी भएतापनि सरकारले त्यसको सुधारका लागि प्रयत्न नगरेको गुनासो गरे ।

‘विद्यार्थीका आफ्नै मुद्दा छन् । देश संघियतामा गयो र तीन तहको सरकार भयो । यो सरकारमा बाझाबाझ छ । त्यसैले, केन्द्रको अधिकारहरु स्पष्ट छैन् । प्रदेश झन गञ्जागोल छ । त्यसैले सबैले आफ्नो जिम्मेवमरी राम्रोसँग पुरा नगर्दा शिक्षा भद्रगोल छ । शिक्षामा सुधार जरुरी छ । तर, सुधारको लागि प्रयत्न भईरहेको छैन् । गुणात्मक रुपमा विकास हुनु पर्ने भएको छैन्, ’ राउतले भने ।