
काठमाडौं, १६ फागुन । मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलाई विकास निर्माणको अनुगमनको क्रममा हातपात भएको छ ।
मध्यपुर थिमी नगरपालिकाको विकास निर्माणको कार्यक्रमअन्तर्गत अनुगमनमा निस्केका उपप्रमुख श्रेष्ठमाथि हातपात भएको हो ।
नगरपालिकाको मध्यपुर थिमी नगरपालिका वडा नं ५ बस्ने सुमन जोशी लगायतको समूहले नगर उपप्रमुखमाथि हातपात गरेको हो ।
नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्षसमेत रहेका उनलाई हातपात गरी घाइते बनाउने उद्देश्यले कुटपिट गरेको घटनाको थिमी नगरपालिका र पार्टीले भत्सर्ना गरेको छ ।
घटनाको सत्य तथ्य छानबिन गरी दोषी उपर कडा भन्दा कडा कारबाही गर्न नगरपालिका र नेकपा माओवादी केन्द्रले माग गरेको छ । हातपात गर्नेको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया