
काठमाडौं, १६ फागुन । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आविष्कार केन्द्र चलाउनका लागि आफ्नै जग्गा बिक्रिमा राखेका छन् ।
पुनले पोखरामा रहेको आफ्नो २८ रोपनी जग्गा बेच्न लागेका हुन् । उनले यसअघि नै उक्त जग्गा आविष्कार केन्द्रलाई दिएका थिए । आविष्कार केन्द्र सञ्चालनमा समस्या आएपछि उनले जग्गा नै बेच्न लागेका हुन् । पुनले पोखरामा रहेको आफ्नो जग्गा बेच्न लागेका छन् ।
पोखरास्थित गण्डकी विश्वविद्यालयमा आविष्कार केन्द्रको सहकार्यमा विश्वविद्यालयमा विभिन्न किसिमका साना कृषि औजारहरु बनाउने काम भइरहेका छन् । भने पुनले पुनले गण्डकी प्रदेशमा आईसीटी इनोभेसन सेन्टर खोल्ने भनेर सिम्पानीमा पनि काम गरिरहेका छन् ।
आविष्कार केन्द्रले गण्डकी प्रदेशका ६ वटा अस्पतालमा बिरामीको सबै किसिमको हेल्थ रेकर्डहरु कम्प्युटरमा राखेर जहिले चाहिन्छ, त्यतिवेला उपलब्ध गराउने किसिमको सिस्टम लागू गर्ने उद्देश्यले इलेक्ट्रोनिक हेल्थ रेकर्ड सिस्टमको काम पनि सुरु गरिसकेको छ ।
यसअघि पुनको आविष्कार केन्द्रलाई गण्डकी सरकारले १० करोड अनुदान दिने वाचा गरेको थियो । तर, उक्त रकम हालसम्म पनि गण्डकी सरकारले दिएको छैन । जसले गर्दा रकम अभाव भएकाले जग्गा बेच्न लागेको पुनले बताएका छन् ।















प्रतिक्रिया