१ कार्तिक २०८३, आइतबार

इजिप्टका विदेशमन्त्रीद्वारा १२ वर्षपछि सिरियाको भ्रमण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमास्कस, १६ फागुन । इजिप्टका विदेशमन्त्री सामेह शौकरीले सिरियाली राष्ट्रपति बसर अल–असदलाई सोमबार दमास्कसमा भेटेका छन् ।

यो भेट करिब १२ वर्षअघि सिरियाली गृहयुद्ध सुरु भएयता इजिप्टका शीर्ष कूटनीतिज्ञको तहबाट भएको सिरियाको पहिलो भ्रमण हो । सो अवसरमा शौकरीले इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीको सन्देश सुनाएका थिए । सो सन्देशमा विनाशकारी भूकम्पको सामना गरिरहेको सिरियाप्रति दुःख व्यक्त गरिएको छ ।

शौकरीले इजिप्टका राष्ट्रपतिले दुई देशबीचको सम्बन्धलाई बढावा दिन र नयाँ चरणमा विकास गर्न इच्छुक रहेको धारणा सार्वजनिक गरेका छन् । उनले सिरिया–इजिप्ट सम्बन्धलाई अरब देशहरूको रक्षाका लागि एक आवश्यक स्तम्भको रूपमा अथ्र्याउँदै इजिप्ट सिरिया र त्यहाँका जनतालाई सहयोग गर्न सधैं तयार रहको उल्लेख गरेका छन् ।

यही फेब्रुअरी ६ गते गएको शक्तिशाली भूकम्पले टर्किए र सिरियामा जनधनको ठूलो क्षति भएको छ । सिन्ह्वा