३० कार्तिक २०८३, सोमबार

राष्ट्रपति निर्वाचनः पौडेललाई मत माग्दै देउवाले ओलीलाई पठाए पत्र

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिका उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई मत माग्दै पत्र पठाएका छन् ।

देउवाले मत मागेको पत्र कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार ओली निवास बालकोट पुगेर बुझाएका थिए ।

यहि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसबाट पौडेल उम्मेदवार रहेका छन् भने एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।

यसअघि, नेम्वाङलाई मत माग्दै एमाले अध्यक्ष ओलीले कांग्रेसबाहेक दल र स्वतन्त्रलाई पत्र पठाएका थिए ।