
काठमाडौं, १५ फागुन । आईएमई–पे र नेपाल एयरलाइनसबीच आईएमई–पे विद्युतीय भुक्तानी सेवा प्रधानकर्ताको रुपमा रहने सम्झौता भएको छ ।
सम्झौताअन्तर्गत ग्राहकवर्गहरुले नेपाल एयरलाइनसको वेबसाइटबाट टिकट बुक गर्दा आईएमई–पेमार्फत भुक्तानी गर्न सक्नेछन् ।
नेपाल एयरलाइनसको वेबसाइटमा गइ आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिति छानेर, मागिएको विवरण भरी चेकआउट गर्ने क्रममा आईएमई–पे छनोट गरी सजिलै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकलाई भुक्तानी प्रक्रिया सहज पार्न र साथै विद्युुतीय भुक्तानीलाई अब्बल पार्ने उद्देश्यका साथ यो सम्झौता गरिएको कम्पनीले नजाएको छ ।
‘आईएमई–पे’ आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।















प्रतिक्रिया