१ कार्तिक २०८३, शनिबार

बञ्चरेडाँडामा फोहर पुर्‍याएको भन्दै सुनौलो परिवार नेपाललाई ५० हजार रुपैयाँ जरिवाना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । काठमाडौं महानगरपालिकाले अन्तिम फोहर विसर्जनस्थल बञ्चरेडाँडामा अस्पतालजन्य हानिकारक फोहर पुर्‍याएको भन्दै सुनौलो परिवार नेपाललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

काठमाडौंस्थित सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्ज अस्पतालजन्य फोहर बञ्चरेडाँडा पुर्‍याएको भन्दै जरिवाना गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

कानुनले वर्जित गरेका फोहर साइटमा लैजाने जोसुकैलाई पनि कारबाही गर्ने महानगरको चेतावनी छ । उक्त स्थानमा सबै किसिमका अस्पतालजन्य फोहरको व्यवस्थापनका लागि बन्देज गरिएको छ । उक्त फोहरहरू अन्य सामान्य फोहरभन्दा हानिकारक हुने भएकाले रोक लगाइएको महानगरको भनाइ छ ।

विगत सात महिनादेखि कामपासहित काठमाडौं उपत्यकाको १८ स्थानीय तहको सामान्य फोहर बञ्चरेडाँडास्थित साइटमा व्यवस्थापन भइरहेको छ । अस्पतालजन्य फोहर हानिकारक मानिने हुँदा उत्पादक आफैले निर्मलीकरण गरेर सामान्य फोहरमा बदल्नुपर्ने हुन्छ ।