१ कार्तिक २०८३, शनिबार

अस्थिरता अन्त्यका लागि एमालेले ‘मिसन ग्रासरुट’ अभियान चलाएको हो : गौतम

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १५ फागुन । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ का इञ्चार्ज राजेन्द्र गौतमले ‘मिसन ग्रासरुट’ अभियान मुलुकको राजनीतिक अस्थिरता अन्त्यका लागि सञ्चालन गरिएको बताएका छन् ।

पार्टीले सञ्चालन गरेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको औपचारिक शुभारम्भ गर्न आइतबार उदयपुर आउनुभएका गौतमले अभियानपछि नेकपा एमाले थप बलियो र सुदृढ बन्ने र आगामी निर्वाचनमा बुहुमतसहित बलियो शक्तिका रुपमा स्थापित हुने बताए ।

प्रेस चौतारी नेपालले आयोजना गरको पत्रकार भेटघाटमा उनले भने, ‘स्थिर सरकारबिना विकास सम्भव हुँदैन । अस्थिरतामा रुमलिरहेको सरकारलाई स्थायित्व दिनका लागि मिसन ग्रासरुट अभियानले सहयोग पुग्ने हाम्रो विश्वास छ ।’

अभियानहरू सञ्चालन नहुँदा पार्टी संगठन, नेता तथा कार्यकर्ताहरूमा वैचारिक स्खलन आएको, संगठनका आधारस्तम्भहरू भत्किएर गुटगत तथा अराजक प्रवृत्ति मौलाउँदै गएको उनको भनाइ छ । अहिलेको अभियानले पार्टीभित्रका यी सबै समस्या समाधान गर्ने दाबी उनले गरेका छन् ।