१ कार्तिक २०८३, आइतबार

विदेशमा गएर खेल्न सन्दीपलाई सर्वोच्च अदालतको अनुमति

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । सर्वोच्च अदालतले सन्दीप लामिछानेको पक्षमा आदेश दिएको छ ।

सोमबार भएको सुनुवाई सर्वोच्च अदालतले सन्दीलाई देश बाहिर गएर खेल्न अनुमति दिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो।

आदेशमा सन्दीपलाई विदेशमा खेल सकिएको १५ दिनभित्र नेपाल आएर काठमाडौं जिल्ला अदालतमा हाजिर हुन भनिएको छ ।

सन्दीपलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको थियो । तर, उनलाई देश छोडेर बाहिर जान भने प्रतिबन्ध लगाएको थियो ।

उच्च अदालतको प्रतिबन्धविरुद्व सन्दीपले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।