२ कार्तिक २०८३, सोमबार

सरकारबाट बाहिरिने एमालेको निर्णय

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १५ फागुन । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुस १० गते एमालेसँग गरेको सहमति विपरित क्रियाकलाप गरेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिने निर्णय गरेको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेबाट मन्त्री बनेकाहरुलाई हटाउने तथा विना विभागीय मन्त्री बनाउने षड्यन्त्र गरेपछि आफूहरुले बाहिरने निर्णय गरेको पनि पौडेलले बताए ।

प्रधानमन्त्री प्रचण्डले जेनेभा भ्रमणमा जान लागेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर प्रधानमन्त्रीले अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिरोध साँधेको आरोप पनि पौडेलले लगाए।