३० कार्तिक २०८३, सोमबार

कुटपिटबाट घाइते वृद्धको उपचारको क्रममा मृत्यु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । कुटपिटबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुनिबेशी नगरपालिका-६ का ८० वर्षीय बलराम उप्रेती रहेका छन् ।

उनीमाथि १० फागुनमा धुनिबेशी नगरपालिका-७ नौबिसेमा स्थानीय ३७ वर्षीय पुरुषोतम बानियाँले कुटपिट गरेका थिए ।  वृद्ध सोही ७ नम्बर वडाको निर्वेश्वार महादेव मन्दिरमा बस्दै आएका थिए ।

कुटपिटबाट घाइते भएका उप्रेतीलाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं ल्याइएको थियो ।

उनको थप उपचारको क्रममा आइतबार नेपाल भारत मैत्री अस्पताल कलंकीमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । कुटपिट गर्ने बानियाँ प्रहरी नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।