
काठमाडौं, १५ फागुन । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सयले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदी मूल्य पनि प्रतितोला पाँच रूपैयाँले घटेको छ ।
चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया