२ कार्तिक २०८३, सोमबार

हनुमानढोकामा चीर ठड्याइयो, होली सुरू

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । रङहरूको पर्व फागु पूर्णिमा (होली) सुरु भएको संकेत दिन काठमाडौंको बसन्तपुरमा विधिवत् रूपमा चीर ठड्याइएको छ ।

वसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको चीर सोमबार ठड्याइएपछि फागु पर्व सुरु भएको हो । फागुन शुक्ल अष्टमीका दिन चीर उठाएपछि देशभर फागू पर्व सुरु भएको मानिन्छ ।

वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ सोमबार ३ तले चीर ठड्याएपछि देशभर फागु अर्थात होली पर्व सुरु भएको मान्ने गरिन्छ ।

सोमबार बिहान ७ बजेर ४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको ३ तले चीर ठड्याएका हुन् । सोही अवसरमा उनीहरूले एक-अर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका हुन् ।