
काठमाडौं, १५ फागुन । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
११ बजे पार्टी केन्द्रीय कार्यालय वसुन्धारामा बस्ने बैठकमा देशमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ ।
बैठकमा चितवन-२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारी लगायत विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।












प्रतिक्रिया