
काठमाडौं, १५ फागुन । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
बैठक सोमबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।

आजको बैठकमा सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।
गएको १३ फागुनमा सूर्यविनायक नगरपालिका–३ घ्याम्पेडाँडामा पिकनिक मनाउन गएकी जनता समाजवादी पार्टी (जसपा)की सांसद रहमानको हृदयघातका कारण निधन भएको थियो ।
भद्रपुर नगरपालिका–६ स्थायी घर भएर हाल मध्यबानेश्वर काठमाडौं बस्ने ६४ वर्षीय रहमान वनभोजस्थलमै मेचबाट एक्कासी ढलेर बेहोस भएपछि उपचारका लागि भक्तपुर जिल्ला अस्पतालमा लगिएकामा अस्पतालका चिकित्सकले सांसद रहमानको मृत्यु भएको घोषणा गरेका थिए ।
जसपाकी केन्द्रीय सदस्य समेत रहेकी उनी समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।












प्रतिक्रिया