१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्डको दोहा भ्रमण रद्द, यस्तो छ कारण

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण रद्द भएको छ ।

अतिकम विकसित मुलुकहरू (एलडीसीज)को पाँचौँ सम्मेलनमा सहभागी हुन यही आगामी शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने तयारी रहे पनि पाँच दिनअघि उक्त भ्रमण रद्द गरिएको छ ।

मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर्भमा दलहरूबीच विभिन्न छलफल गर्नुपर्नेलगायत व्यस्तताका कारण दोहा भ्रमण रद्द भएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।