१ कार्तिक २०८३, शनिबार

द्वन्द्वको नेतृत्व गर्ने मान्छे तीन पटक प्रधानमन्त्री बन्दा पनि घाउ उस्तै छ : केपी ओली

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वको घाउ मेटाउन नसकेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित शहिद परिवार तथा विभिन्न राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जनयुद्धका सञ्चालक आज शासनको कार्यकारी प्रमुख भए पनि द्वन्द्वको घाउ अझै उस्तै रहेको टिप्पणी गरेका हुन् ।

‘कसैलाई दुख्ला कसैलाई नदुख्ला तर नेपाल र नेपाली जनतालाई दुख्छ । त्यसको घाउ अझै पनि छ । त्यसका सञ्चालक शासनको कार्यकारी प्रमुखको ठाउँमा छन् । ०६२—६३ को आन्दोलनदेखि नै सरकारमा छन् । प्रधानमन्त्री भएको तीन पल्ट भयो । सरकार भएको कति वर्ष भो कति वर्ष भो,’ ओलीले भने ।

उनले नामै लिएर प्रधानमन्त्री प्रचण्डले एउटा बोल्ने र अर्को काम गर्ने गरेको आरोप लगाएका छन् ।