१ कार्तिक २०८३, शनिबार

प्रचण्डले अस्थिर राजनीति गरेर मुलुकलाई पछाडि धकेल्ने बाटो समाए : माधव ढुङ्गेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । नेकपा एमालेका केन्द्रीय सदस्य नेता माधव ढुङ्गेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थिर राजनीति गरेर मुलुकलाई पछाडि धकेल्ने बाटो पक्रिएको बताएका छन् ।

काठमाडौंमा आज आयोजित विशेष साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री प्रचण्डको पछिल्लो कदमले देश हरेक दृष्टिकोणबाट पछाडि धकेलिएको भन्दै दु:ख व्यक्त गरेका छन् । ढुङ्गेलले प्रधानमन्त्री प्रचण्डले गरेको व्यवहारले कुनै पनि आर्दशलाई आत्मसाथ नगर्ने बताउँदै देशलाई विचारहीनताको बाटोतिर लाने प्रयास भइरहेको समेत बताएका छन् ।

पहिले कसैको पनि सहारा नपाएर एमाले र अध्यक्ष केपी शर्मा ओलीसँग आएर शरण परेको भन्दै उनले कार्यकारी प्रमुख माओवादीको तर्फबाट भएपछि राष्ट्रपति एमालेको प्रस्तावमा बनाउने कुरा स्वाभाविक भएको तर्क गरे । गत पुस १० गतेको सम्झैतामा एमालेले अझै अडिग रहेको बताउँदै उनले प्रधानमन्त्री प्रचण्डले भने रातारात रङ्ग फेरेको टिप्पणी गरेका छन् ।

‘रङ कति छिटो फेरियो यो त अच्चमित ढङ्गले रुपान्तरण देखिएको छ,’ केन्द्रीय सदस्य ढुङ्गेलले भने, ‘त्यसले नेपालको राजनीतिलाई कहिले पनि स्थिर हुन दिदैन । न विचार बाँच्छ न मान्यता बाँच्छ न जनयुद्वको संस्कृति रक्षा हुन्छ जुन युद्वमा लडेका नेता कार्यकर्ताको सम्मान हुन्छ ।’