१ कार्तिक २०८३, शनिबार

घाइते भएकाहरूको सम्मान कार्यक्रममा एमाले अध्यक्ष ओली (फोटो फिचर)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज शहिद परिवार तथा विभिन्न राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्मानमा ‘हाम्रो चम्किलो तारा’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भए ।

कार्यक्रममा उनले विभिन्न व्यक्तिहरूहलाई सम्मान गर्नाका साथै घाइते, बेपत्ता तथा शहिद परिवारका लागि अक्षयकोष खडा गर्न दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

कार्यक्रममा उनले जनयुद्धका घाइतेहरुलाई उपचार नपाएको भए एमालेको सम्पर्कमा आउन पनि आग्रह गरेका छन् । एमालेले सबै गर्न नसके पनि सक्दो गर्ने उनको भनाइ छ । उपचार नपाएर एमालेको सम्पर्कमा आउनेहरूका लागि स्वास्थ्य डेस्क नै सञ्चालन गर्ने अध्यक्ष ओलीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

हेरौँ केही तस्वीरहरू–