१ कार्तिक २०८३, शनिबार

प्रचण्डलाई केपी ओलीको प्रश्न– जनयुद्ध र घाइतेहरूको सम्झना छ कि छैन ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले चलाएको जनयुद्ध सम्झना छ कि छैन भन्दै प्रश्न गरेका छन् ।

आज काठमाडौंमा आयोजित शहिद परिवार तथा विभिन्न राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गैरसरकारीस्तरबाट द्वन्द्वपीडित परिवारलाई अर्थपूर्ण सहयोग गर्न सम्भव नभएको बताउँदै यसमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

‘प्रधानमन्त्रीजीले घाइते सम्झनुभएको छ कि छैन ? शहिदका परिवार सम्झिनुभएको छ कि छैन ? आफ्नै स्वार्थ आफ्नै परिवार मात्रै सम्झिनुहुन्छ कि अरु पनि सम्झिनुहुन्छ ? उहाँले चलाएको जनयुद्ध उहाँलाई सम्झना छ कि छैन् ?’ ओलीले प्रश्न गरेका छन् ।

उनले प्रधानमन्त्री प्रचण्डले युद्धका साथी, सिपाही र जनतालाई धोका दिएको उल्लेख गर्दै आफूलाई धोका दिनु ठूलो कुरा नभएको बताएका छन् । ‘जनतालाई धोको दिनुभो, सहयोद्धालाई धोका दिनुभो, जनतालाई धोका दिनुभो, आफूलाई त्यस ठाउँमा पुर्‍याउनेलाई धोका दिनुभो भने मलाई धोका दिनु कुन ठूलो कुरा भयो र ?’ ओलीले भने ।

लोकतान्त्रिक सरकार बनाउ र जनताका समस्या समाधान गर्ने गरी अघि बढ्न प्रयास गरेको तर प्रचण्डकै कारण त्यो प्रयास असफल भएको पनि ओलीले दाबी गरेका छन् ।