
काठमाडौं, १४ फागुन क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ ।
मुद्दाको सुनुवाई भोलि सोमबार पनि हुनेछ । सर्वोच्च अदालतमा सन्दीपले दायर गरेको पुनरावेदन निवेदन र सन्दीपविरुद्व परेको रिटको संयुक्त रुपमा सुनुवाई भइरहेको छ ।
बलात्कार आरोप लागेका सन्दीपले उच्च अदालतको आदेशविरुद्व सर्वोच्चमा पुनरावेदन निवेदन दिएका हुन् ।
उच्च अदालतले सन्दीपलाई २० लाख धरौटी रिहा गरेको थियो । तर, उच्च अदालतले उनलाई देश बाहिर जान भने प्रतिबन्ध लगाएको छ । उनले खेल्नका लागि देश बाहिर पनि जान पाउनुपर्ने माग गर्दै सर्वोच्चमा पुनरावेदन निवेदन दिएका हुन् ।
यस्तै, सन्दीपविरुद्व सर्वोच्चमा परेको रिटमा भने उनलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने माग गरिएको छ ।















प्रतिक्रिया