१ कार्तिक २०८३, शनिबार

हामीले कुरा गर्न जान्यौँ तर काम गर्न जानेनौँ, यो हल्लैहल्लाको देश हो : मन्त्री राई

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री राजेन्द्र कुमार राईले देशमा भाषण गर्ने कामबाहेक अरु केही नभएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित सहकारीमा सङ्कट शीर्षकको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा भाषण गर्ने प्रतियोगिता राख्ने हो भने नेपाल प्रथम हुने बताएका हुन् ।

‘देशमा भाषण गर्ने प्रतियोगिता राख्ने हो भने नेपाल प्रथम हुन्छ । तर कामको परिणाम आउन बहुत गाह्रो छ । हामीले कुरा गर्न जान्यौं तर काम गर्न जानेनौं । यो देश हल्लै हल्लाको देश हो,’ मन्त्री राईले भने ।

राज्यले कुरा गर्न जानेको तर काम गर्न नजानेको पनि उनको भनाई छ । उनले देशको अर्थतन्त्र सङ्कटमा परेको भन्दै यसलाई सुधार्न सबै एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।