१ कार्तिक २०८३, शनिबार

एमालेको मिसन ग्रासरुट अभियान : नवलपुरमा जिल्ला कमिटीको बैठक सम्पन्न

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर, १४ फागुन । नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत नवलपुरमा शनिबार जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ ।

नेकपा एमालेकी सचिव पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले यही फागुन १६ गतेदेखि २२ गतेसम्म पालिकास्तरको बैठक तथा भेला गर्ने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले मिसन ग्रासरुट अभियानमा शीरदेखि तिरसम्म पार्टी पंक्ति परिचालित हुन आग्रह गरेकी छिन् ।

बैठकमा केन्द्रीय सदस्यहरू तिलक महत, भुपेन्द्र थापा, भिम कार्की, कृष्ण पौडेल, रवीन्द्र अधिकारी, जमिन्द्रमान घलेले प्रशिक्षण दिएका थिए ।