१ कार्तिक २०८३, शनिबार

राष्ट्रिय सभाको बैठक स्थगित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक भोलि अपरान्ह १२: ३१ बजे बस्ने गरी स्थगित भएको हो ।

जसपाकी सांसद सहनाज रहमानको निधनमा शोक व्यक्त गर्दै आजको बैठक स्थगित गरिएको छ ।

बैकठमा सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको बहिर्गमन, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक प्रतिवेदन लगायतका विषय पेश हुने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट राप्रपा सरकारबाट बाहिरिएको सम्बन्धमा प्राप्त पत्र जानकारीका लागि पेश गर्ने कार्यसूची रहेको थियो ।

त्यस्तै, दोस्रो कार्यसूचीमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको थियो ।