२ कार्तिक २०८३, सोमबार

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौँ: प्रधानमन्त्री प्रचण्ड

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन् ।

आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् ।

“आज जनयुद्धको क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो। २००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिदहरू हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ। त्यसैले वर्तमान सरकार जनयुद्ध लगायत सबै आन्दोलनका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी गरिरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने ।

सत्य निरूपण तथा मेलमिलापसम्बन्धि विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्रीले शान्तिप्रक्रियाका बाँकी कामहरू छिट्टै सम्पन्न गरिने बताए ।

अन्तरक्रियामा सहिद तथा बेपत्ता परिवारको तर्फबाट बोल्दै अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरिका सहिद र बेपत्ता परिवारलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।