
काठमाडौं, १४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
सोमबारका लागि बैठक बोलाइएको हो । राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफल गर्न बैठक बोलाइएको बताएको छ । बिहान ११ बजे बस्ने बैठकमा चितवन क्षेत्र नम्बर २ मा हुने उप निर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ ।
यस्तै, पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा पनि छलफल हुने बताइएको छ ।















प्रतिक्रिया