
काठमाडौं, १४ फागुन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छिन् ।
शुक्रबारदेखि धादिङबेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार थापाका विरुद्ध उम्मेदवारी नै नपरेपछि उनी सर्वसम्मत बनेकी हुन्। उनी प्रत्यक्ष दोहोरी गीतबाट चर्चामा थिइन्।
लोक तथा दोहोरी क्षेत्रमा दशकअघिदेखि तल्लीन थापामगरले यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिसकेकी छिन् । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाण सर्वसम्मत भएका छन्।
साङ्गठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल पनि सर्वसम्मत निर्वाचित भएका छन्।















प्रतिक्रिया