
रुपन्देही, १४ फागुन । नेकपा (एमाले) निकट राष्ट्रिय युवासंघ रूपन्देहीको अध्यक्षमा विकासजंग बस्नेत चयन भएका छन् ।
जिल्ला कमिटीको १३औँ जिल्ला अधिवेशनले बस्नेतको नेतृत्वमा ८३ सदस्य कमिटी सर्वसम्मत चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा दीपक खड्की, सचिवमा दीपेश कंडेल, उपसचिवमा नवराज मल्ल, मधु श्रेष्ठ र कोषाध्यक्षमा नारायण थापा चयन भएका छन् ।












प्रतिक्रिया