
काठमाडौं, १३ फागुन । अब एनआईसी एशिया बैंकबाट डिजिटल रुपमै कर्जा पाइने भएको छ ।
विभिन्न डिजिटल च्यानलमार्फत गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले आफ्नो मोबाइल बैंकिङ्ग ‘एनआईसी एशिया मो–बैंक’ एपबाट डिजिटल रुपमा कर्जा प्रदान गर्ने भएको हो ।
बैंकले ल्याएको उक्त सेवाबाट ग्राहकले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवम् भौतिक रुपमा बैंकका शाखा उपस्थित नभई अधिकतम रू. २ लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्ने छन् ।
बैंकले ल्याएको नयाँ सेवाबाट ग्राहकहरूले एक महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्ने बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं यस बैंकमा बक्यौता कर्जा नरहेकोलगायत अन्य केही शर्त एवम् मापदण्डको आधारमा ग्राहकले कर्जा सेवा उपभोग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।















प्रतिक्रिया