
सिन्धुपाल्चोक, १३ फागुन । नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत सिन्धुपाल्चोकमा वृहत् बनभोज कार्यक्रम र क्षेत्रीय भेला सम्पन्न गरिएको छ ।
पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्य र क्षेत्रीय अध्यक्ष विष्णुमणि आचार्यको अध्यक्षतामा सम्पन्न क्षेत्रीय भेलामा उपाध्यक्ष पाण्डेसहित पार्टी स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, सोम मिश्र, निर्मल भट्टराई र माधव ढुंगेल तथा पार्टी जिल्ला अध्यक्ष कमल नेपाललगायतले समसामयिक राजनीतिक विषय र मिसन ग्रासरुट अभियानबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रम संयोजक अशोक चौलागाईंले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । एमालेले पार्टी सुदृढीकरण तथा विस्तारका लागि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिरहेको छ ।















प्रतिक्रिया