
काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधन भएको छ।
सांसद सहनाजको हृदयघातबाट निधन भएको हो । भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा सहभागी भएकी सांसद सहनाजलाई हृदयघात भएको थियो ।
उनलाई तुरून्तै अस्पताल पुर्याइएकोमा अस्पतालले मृत घोषित गरेको हो । ६७ वर्षीया सांसद सहनाज समानुपातिकबाट सांसद बनेकी थिइन् ।















प्रतिक्रिया