१ कार्तिक २०८३, शनिबार

राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङको दाबी : मेरै नाममा राष्ट्रिय सहमति बन्छ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति बन्ने दाबी गरेका छन् ।

आज शनिबार राष्ट्रपतिको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

आफू सबै हिसाबले संविधानको परिपालना गर्ने र सबैको सम्मान गर्ने व्यक्ति भएका कारण आफ्नो नाममा राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरे ।

स्वस्थ प्रतिस्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न आफ्नो भूमिका हुने नेम्वाङको भनाइ छ ।