२ कार्तिक २०८३, सोमबार

ललितपुर जिल्ला हेपिएको मात्रै होइन, राष्ट्रको दृष्टिमै नपरेको भान हुन्छ: सांसद तोसिमा कार्की

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । प्रतिनिधिसभा सांसद डा. तोसिमा कार्कीले सार्वजनिक निर्माणको ढिला सुस्ती र बेथितिलाई समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा शून्य समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद कार्कीले सडक विभाग काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काम गर्न नसक्नु कसैको स्वार्थ, ठूला ठेकेदारको मिलेमतो अथवा दबाब हो भनेर प्रश्न खडा गर्दै राज्यका निकाय गैर जिम्मेवार हुनु कमजोरी मात्र नभएर आम जनतामाथिको अपराध भएको टिप्पणी गरिन् ।

उनले भनिन्, ‘काठमाडौंको पनि ललितपुर जिल्ला हेपिएको मात्र होइन राष्ट्रको दृष्टिमै नपरेको भान हुन्छ । सडक विभाग काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काम गर्न नसक्नु कसको स्वार्थ हो । राज्यका निकाय गैर जिम्मेवार हुनु कमजोरी मात्र होइन् आम जनतामाथि अपराध हो,’ ।