
काठमाडौं, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच वार्ता सुरु भएको छ ।
राष्ट्रपतिको निषयलाई लिएर छुट्टिने अवस्थामा पुगेका प्रचण्ड र ओलीबीच बालुवाटारमा निर्णायक वार्ता सुरु भएको हो ।
एमालेले मङ्सिर १० गते सहमति अनुसार आफ्नो पार्टीले नै राष्ट्रपति पाउनुपर्ने अडान राखिरहेको छ भने माओवादी केन्द्र एमालेलाई राष्ट्रपति दिने पक्षमा छैन ।
माओवादी केन्द्रले एमालेसँग कुरा मिल्न नसकेपछि अन्य दलहरुसँग छलफल गरेर पुरानो पाँचदलीय गठबन्धन ब्युँताउन प्रयास गरिरहेको छ ।
आज बिहान मात्रै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच छलफल भएको थियो ।















प्रतिक्रिया