
काठमाडौं, १२ फागुन । बालुवाटारमा बसेको चार दलीय बैठक सकिएको छ ।
प्रधानमन्त्री निवासमा बसेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक सकिएको हो ।
राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने विषयमा भएको छलफल सकारात्म भएको काँग्रेस महामन्त्री गगन थापाले जानकारी दिएका छन् ।
अहिले आ-आफ्नो पार्टीमा छलफल गर्ने र पुन: साँझ ५ बजे बैठक बस्ने थापाले जानकारी दिए ।
‘चारवटा दल छलफल भयो । विभिन्न विकल्पमा छलफल भइरहेको छ । छलफल सकारात्मक छ । आ आफ्नो दलमा छलफल गर्छौँ र ५ बजे पुन बैठक बसेर एउटै निर्णयमा उभिन्छौँ,’ थापाले भने ।















प्रतिक्रिया