
काठमाडौं, ११ फागुन । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा स्वीकृत भएको छ।
बिहीबार गृहमन्त्रालयले सिंहको राजीनामा स्वीकृत गरेको हो । सिंहले बुधबार राजीनामा बुझाएका थिए । उमेर विवादमा तानिएपछि सिंहले राजीनामा बुझाएका हुन् ।
किताबखानामा भएको रेकर्डमा भन्दा उनको नागरिकतामा डेढ वर्ष बढी उमेर भएको पुष्टी भएको थियो ।
उनले जन्म मिति ढाँटेर साथै शैक्षिक प्रमाण पत्र समेत नक्कली देखाएर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।
उजुरीमा छानबिन सुरु भएपछि सिंहले राजीनामा दिएका हुन्।















प्रतिक्रिया