२ कार्तिक २०८३, सोमबार

चक्रपथ विस्तारको काम तीव्र गतिमा अगाडि बढ्छ: मन्त्री श्रेष्ठ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाौं, ११ फागुन । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको काम तीव्र रुपले अघि बढ्ने बताएका छन् ।

बिहीबार चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत कलङ्कीदेखि बसुन्धरा क्षेत्रको स्थगलत अनुगमनका क्रममा मन्त्री श्रेष्ठले विस्तारका क्रममा देखिएका समस्याको समधान भइसकेकाले अब तीव्र गति काम अघि बढ्ने बताएका हुन् ।

सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रका साइट खाली भइसकेकाले अब कामलाई तीव्रता दिने उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले सडकमा रहेका बिजुलीका खम्बा र केही संरचनाहरु हटाउने काम भएको जानकारी दिए ।

अनुगमनका क्रममा नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलगायत सहभागी थिए ।