२ कार्तिक २०८३, सोमबार

सरकारले हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउने भनेर दु:खद निर्णय गर्‍यो: एमाले अध्यक्ष ओली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसमा राष्ट्रिय विदा दिने सरकारको निर्णयप्रति असन्तुष्टी जनाएका छन् ।

बिहीबार भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा विश्वशान्ति प्रार्थना पुस्तक बिमोचन गर्दै ओलीले वर्तमान सरकारले जनयुद्ध दिवसमा राष्ट्रिय विदा दिएको र यसलाई क्यालेण्डरमा नै समावेश गर्ने दु:खद निर्णय गरेको बताए ।

सरकारको निर्णयले हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने मानसिकता देखिएको ओलीले बताए । ओलीले आफैँले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आइसकेपछि फेरी हिंसाको महिमामण्डन गर्नुको कारण आफूले पनि नबुझेको जिकिर गरे ।

उनले नेपाल हिंसाको पक्षमा नरहेको र नेपालभित्र आन्तरिक द्वन्द र कलह अव नेपाली जनतालाई स्वीकार्य नहुने स्पष्ट पारे । उनले नेपालमा पहिचानको राजनीतिका नाममा भूगोल र जातीहरुकाबीच परस्परमा घृणा फैलाउने काम भएको र अहिले त्यसलाई पराजित गरेको बताए ।

अध्यक्ष ओलीको ७२औं जन्मदिनका अवसरमा आयोजित कार्यक्रममा बौद्ध धर्म गुरुहरुले शान्तिको प्रार्थना गरेका थिए ।