२ कार्तिक २०८३, सोमबार

युवाहरुमाथि सिंगो राष्ट्रको आशा र भरोसा छ: प्रधानमन्त्री प्रचण्ड

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवाहरुमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंको टुँडिखेलस्थीत सैनिक मञ्चमा आयोजित राष्ट्रिय सेवा दलको १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजको अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको र युवाहरुमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका हुन् ।

सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवाहरुलाई मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले देशभित्र विद्यमान विविध भाषा, संस्कृति, भेषभुषा एवं विशेषताहरूको जानकारीले युवाहरुलाई आफ्नो देशप्रतिको गौरव बढाउनुका साथै राष्ट्रिय एकताको भावनामा थप प्रतिवद्धताको विकास हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय सेवा दलको प्रमुख संरक्षक समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले हाल विद्यमान ७७०० को संख्या बढाएर आगामी दिनमा तालिममा सहभागीको संख्या बिस्तार गर्नुपर्ने आवश्यकताप्रति सरकार गम्भीर रहेको धारणा राखे । दीक्षान्त समारोहमा बिभिन्न कवाज, कला प्रस्तुत गरिएको थियो ।

युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले वि.सं. २०२२ सालमा राष्ट्रिय सेवा दल स्थापना भएको थियो । यस वर्ष जुनियर डिभिजन अन्तर्गत ५,९७६ जना र सिनियर डिभिजन अन्तर्गत १७२८ जना गरी कुल जम्मा ७,५६८ जना छात्रछात्राहरुले राष्ट्रिय सेवा दलको तालिम गरेका छन् ।