
काठमाडौं, ११ फागुन । उपप्रधानमन्त्री तथा भौतिक एवं पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चत्रपथ विस्तार कार्यको संयुक्त रुपमा निरीक्षण गरेका छन् ।
बिहीबार बिहान मन्त्री श्रेष्ठ र मेयर बालेन रोकिएको चत्रपथ विस्तार कार्यको संयुक्त निरीक्षण गरेर जानकारी लिएका हुन् । मन्त्री श्रेष्ठ र मेयर बालेनसँगै विद्युत प्राधिकरणका महानिर्देशन कुलमान घिसिङ, चिनियाँ राजदूत छन् सङ् पनि निरीक्षणमा पुगेका थिए ।
चीन सरकारको अनुदान सहायतामा विस्तार गर्न लागिएको कलंकी चक्रपथ गौशाला खण्डको काम अवरोधका कारण पूरा हुन सकेको छैन ।
निर्माणस्थलमा पर्ने सम्पदा, रूख, घरटहरा भत्काउन नसक्दा काम अघि बढ्न नसकेको हो । चिनियाँ प्राविधिक टोलीले साइट क्लियर नभएसम्म काम गर्न नआउने जनाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया