२ कार्तिक २०८३, सोमबार

नेशनल लाईफ इन्स्योरेन्स ३५औं वर्षमा प्रवेश, विशेष रक्तदान कार्यक्रम सञ्चालन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३५औं वर्ष पूरा गरी ३६औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले ३६औं वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । जसमा ५० भन्दा बढी कम्पनी कर्मचारीको सहभागिता थियो । देशभरमा ३४ वटा बाल र वृद्धाश्रममा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ ।

कर्मचारीहरूमाझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको अग्रणी जीवन बीमा कम्पनीको रूपमा स्थापित कम्पनीले विगत वर्ष सरह चालू वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको जनाइएको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५:४५ को अनुपात रहेको कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कम्पनीले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश पारित गरी साधारणसभा सम्पन्न गरिसकेको अवस्था छ ।

कम्पनीको जीवन बीमा कोषमा ५६ अर्ब रुपैयाँको हाराहरीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७७/०७८ बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । कम्पनीले आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ ।

आव २०७७/०७८ को बीमाङ्कीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैयाँ सम्म प्रदान गरेको सहर्ष जानकारी गराउछौं । कम्पनीले चालु वर्षमा शाखा कार्यालय नेपालगंजमा आफ्नो भवन निर्माण गर्ने कार्य सुरु गरिसकेको छ । ११७ शाखा कार्यालय संख्या र ४६० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाख भन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।

कम्पनीले स्थापनाकालदेखि २०७९ पुस मसान्तसम्म कूल बीमा शुल्क आम्दानी ८५ अर्ब १ करोड आर्जन गरेको छ भने कूल ३८ लाख ६० हजार बीमालेख जारी गरेको छ र कूल २९ अर्ब ६० करोड बराबर बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले व्यावसायिकता, प्रविधिमैत्री, पारदर्शिता एवं विश्वसनीयतालाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

कम्पनीले भनेको छ, ‘कम्पनी सञ्चालनको ३६औं वार्षिकोत्सवको सुखद अवसरमा हामीप्र्रति विश्वासका साथ सहकार्य गर्नु हुने सम्पूर्ण ग्राहक महानुभावनहरू, कर्मचारी साथीहरु, अभिकर्ताज्यूहरु एवं शुभेच्छुकहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं । नियामक निकाय लगायत अन्य सम्बन्धित संस्थावाट प्राप्त मार्गदर्शन र सहयोगको लागि कृतज्ञता व्यक्त गर्दछौं ।’