
काठमाडौं, १० फागुन । इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोजकुमार भेटवाल पक्राउ परेका छन्।
भेटवाल बैंकिङ कसुरमा पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार काठमाडौंबाटै पक्राउ गरेको हो।
तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला काण्डमा भेटवाल मुछिएका थिए । सोही प्रकरणमा यसअघि पनि उनी पक्राउ परेका थिए ।
नेपालको निर्माण व्यवसायमा अनुभवी ‘क’ वर्गका ठेकेदार भेटवाल खुलामञ्चको जग्गा ठेक्का विवादमा समेत मुछिएका थिए ।
भेटवालले एपेक्स डेभलपमेन्ट बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको देखिएको थियो।
भेटवालले हाल काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेका छन् ।















प्रतिक्रिया