
काठमाडौं, १० फागुन । साइबर अपराधमा पक्राउ परेका बिन्ध्यवासिनी म्यूजिक प्रालिका संचालक सुवास रेग्मी अहिले प्रहरी हिरासतमा छन् ।
गायक प्रमोद खरेलसहित चारजनाको उजुरीका आधारमा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । गायक प्रमोद र सुवासबीच लामो समयदेखि विवाद चल्दै आएको छ ।
विवाद हुनु सामान्य नै मान्नुपर्छ तर सुवासले सामाजिक सञ्जालमै प्रमोदलाई बारम्बार तथानाम गाली गर्दै आएका थिए । उनले प्रमोदलाई सामाजिक सञ्जालमा बौलाह कुकुरसमेत लेखेका छन् ।
गत माघ १४ गते धनकुटमा महोत्सवमा प्रमोद खरेलको कन्सर्टमा च्यापिएर ३० जना घाइते भएको विषयमा पनि सुवासले सामाजिक सञ्जालमा अशोभनिय प्रतिक्रिया दिएका थिए । उनले प्रमोदलाई बौलाहा कुकुर भन्दै लेखेका छन् ।
‘धनकुटामा एउटा बौलाहा कुकुर भुक्दै थियो। १२/१५ जना मान्छे घाइते भएछन्। घरको स्वास्नी बिर्सेर मोडलमा रमाउने काइते चै घाइते भएनछ। बुढो बाऊलाई तारेखमा राखेर आफ्नो अवोध त्यो सन्तानको रोग देखाउँदै, इमोसनल चन्दा सहयोग ऊठाउँदै बाँचेको त्यो भतुवालाई थु थु गरौँ,’ उनले लेखेका थिए ।
















प्रतिक्रिया